काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । सरकारको सिफासिसमा राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई राज्यमन्त्री तोकिएको हो।राज्यमन्त्री श्रेष्ठको सपथबारे केही खुलाइएको छैन। सपथ आजै हुने वा मन्त्रीमण्डलले पूर्णतापाएपछि हुन्छ अझै निर्णय भएको छैन्।
सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको १२ दिन वितिसक्दा समेत स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैन्।मुलुकमा कोरोनाको तेस्रो भेरियन्टले असर पार्ने देखिरहेको अबस्थामा पनि स्वास्थ्यमन्त्री नभएको भन्दै प्रमुख प्रतिपक्ष एमाले सहित नागरिकहरुले सरकारको आलोचना पनि गर्न थालेका छन्। यसैबीच सरकारले आज स्वास्थ्य राज्यमन्त्री सिफरिस गरेको हो।
प्रतिक्रिया दिनुहोस्