ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब


एबीसी / संवाददाता

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८२ अङ्कले ओरालो लागेर ५५८।११ मा ओर्लेको छ ।

कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।कारोवार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२६.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४।३६ र सामूहिक लगानी कोष १.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बीमा १८८.१६, अन्य २६.४२, लघुवित्त २७.११, जीवन बीमा १२६.९५ र लगानी १.११ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोवार भयो । अरुण भ्याली हाइड्रोपावर रु २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स रु २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक रु २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक रु २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोवार भई शीर्ष स्थानमा पुगे । कारोवारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९।२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआइडिसिएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com