काठमाडौं, ३ साउन । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको छलफल भइरहेको छ। संसद भवनमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत मागिरहेको बेला नेता नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो।
यसअघि प्रधानमन्त्री नियुक्त गर्ने बेलामा देउवालाई साथ दिएको नेपाल समूहले आज मतदान गर्ने अन्तिम समयमा आएर छलफलमा जुटेको हो। यसअघि आजै नेपाल समूहका नेता भीम रावलले सांसद पदबाटै राजीनामा दिएका छन्।








प्रतिक्रिया दिनुहोस्