बझाङ, २ साउन । बझाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सदरमुकाम चैनपुरमा कोरोना राहत वितरण गरेको छ । सनिवार विप्लव नेकपाले शहिद परिवार, विपन्न परिवार वादी समुदायलाई करिब ४० बोरा चामल वितरण गरिएको हो । बझाङ्ग जिल्लाबाट विभिन्न संघर्षका क्रममा शाहदत प्राप्त गरेका राजेश, प्रज्वल र सनराईजको सम्झनामा राहत वितरण गरिएको कार्यक्रम सञ्चालन गरिएको नेत्रविक्रम चन्द विप्लवका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्