काठमाडौं, ३१ असार । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दैनेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेको उहाँको सचिवालयले जनाएको छ । त्यसअवसरमा प्रचण्डले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्