पर्सा, २९ असार । पर्सा प्रहरीले भारतीय ट्रकबाट गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले पूर्व सुचनाको आधारमा निन्त्रणमा लिइएको हो । भारतिय नम्बर प्लेटको उक्त ट्रकवाट सोमवार अवैध लागु औषध गाँजा लोड भई वीरगंज बाहेक अन्य नाकावाट जाने खवर प्राप्त भएपनि निरन्तर त्यो सुचनालाई फ्लो गर्दे जाने क्रममा हैटौडावाट आएको ट्रक आईसिपी भन्सारको मुल गेटमा पुगेर नियन्त्रणमा लिइएको थियो । भारतिय नम्वरको एस आर ५५ एम २२०९ नम्बरको ट्रक नियन्त्रणमा लिई जिप्रकामा ल्याएर चेकजाँच गर्दै सो ट्रकवाट २३ वटा पोकामा रहेको २५० केजी गांजा बरामद भएको छ । एसपी पाण्डेले सुचना पहिलेदेखि भएकोले श्रिसिया चौकीका प्रमुख प्रहरी नायब निरीक्षक संतोष गोलेको कमाण्डमा गाडि नियन्त्रण लिई लिइएको हो । बरामद गरिएको गाँजाको परिमाण २३ पोकामा २५० केजी रहेको छ । गाँजा फेला परेको ट्रकका चालक भने फरार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्