ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने गठबन्धनको निर्णय


एबीसी / संवाददाता
असार २८, २०७८ सोमबार  ७ : ११ बजे

काठमाडौं, २८ असार । पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, भट्टराईले भन्नुभयो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो । ‘प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, गठबन्धनमा रहेका दलहरुबीच थप समिक्षा गरेर जाने, सहकार्य अझ बलियो बनाउने निर्णय भएको छ’, बैठकपछि कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुयभो । बैठकपछि बाहिरिदै माओवादी केन्द्रका नेता देव गुरुङले पावर सेयरिङबारे छलफल सुरु भएको बताउनुभयो । ‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ’, गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com