ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिलाई न्यायिक परीक्षणको दायराभन्दा बाहिर राख्न सकिँदैन – सर्वोच्च अदालत


एबीसी / संवाददाता
असार २८, २०७८ सोमबार  ४ : ४३ बजे

काठमाडौं, २८ असार ।   सर्वोच्च अदालतले राष्ट्रपतिले पदीय वा संस्थागत जिम्मेवारी पालना गर्ने सिलसिलामा चालेका जुनसुकै कदमको न्यायिक परीक्षण गर्न मिल्ने आदेश दिएको छ। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा संवैधानिक इजलासले भनेको छ, यदि राष्ट्रपतिले गरेको निर्णय भन्ने आधारमा त्यस प्रकारका कुनै निर्णयलाई न्यायिक परीक्षणको दायराभन्दा बाहिर राखेर हेर्ने हो भने परिणामतः त्यसबाट स्वेच्छाचारिता र निरङ्कुशता नै पैदा हुने अवस्था रहन्छ। नेपालको संविधानले त्यस प्रकारको छुट प्रदान गर्दैन।

संवैधानिक इजलासले नेपालको संविधानले स्वेच्छाचारिता र निरङ्कुशतालाई कुनै स्थान नदिने भन्दै राष्ट्रपतिबाट सम्पादन गरिने कार्यलाई न्यायिक परीक्षणको दायरा बाहिर राख्ने हो भने त्यसबाट शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको स्थिति खलबलिने सम्भावना रहने उल्लेख गरेको छ।

यसअघि प्रतिनिधिसभाको पुनर्स्थापना र विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिपाऊँ भनी देउवा सहित १४६ जना सांसदले दायर गरेको रिटको जवाफ दिने क्रममा सरकार पक्षका वकिलहरूले राष्ट्रपतिले गरेका कतिपय निर्णयमा उनलाई विपक्षी बनाएर अदालतमा प्रश्न उठाउन नपाइने तर्क गरेका थिए।

उनीहरूले कसैको सिफारिस बिना राष्ट्रपति स्वयंबाट संविधान बमोजिम चालिएका काम कारबाही र निर्णय अदालतबाट बदर हुन नसक्ने भन्दै राष्ट्राध्यक्षको हैसियतमा धारा ७६ बमोजिम राष्ट्रपतिबाट भए गरेका कामकारबाहीका विषयमा न्यायिक पुनरावलोकन समेत हुन नसक्ने तर्क गरेका थिए।

अदालतले स्वविवेकीय अधिकारको प्रयोग उचित रूपमा भए नभएको विषय स्वाभाविक रूपमा न्यायिक परीक्षणको विषय बन्ने उल्लेख गर्दे विगतमा राजतन्त्र रहँदा गरिएका प्रतिनिधिसभा विघटन, शाही आयोग खारेजी सहितका निर्णयको न्यायिक निरूपण गरिएको दृष्टान्त दिएको छ।

सर्वोच्च अदालतले आफ्नो ठहर खण्डमा राष्ट्रपति पदको सर्वोच्च गरिमा र मर्यादाका दृष्टिले उनलाई कानुनी विवादमा विपक्षी बनाउने प्रचलन नभएको उल्लेख गरेको छ। साथै राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको तर्फबाट गरिएको जिकिरसँग सहमत हुन नसकिने भनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com