ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूह नजाने


एबीसी / संवाददाता
असार २७, २०७८ आईतबार  ४ : ०० बजे

काठमाडौँ, २७ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उहाँले जानकारी दिनुभयो । सचिव तामाङले बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी सदस्यलाई पनि जानकारी गराएको बताउनु भएको छ । तर नेपाल समूहका नेताहरूले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नआएको र आफूहरू त्यो बैठकमा सहभागी नहुने बताएका छन्।ुहामीलाई बैठकको जानकारी पनि छैन। कार्यदलको बैठक बसिरहेको छैन। सहमति भएको छ। बालुवाटारमा बोलाइएको गुटको भेला हो, एमाले स्थायी कमिटी बैठक होइन,’ नेपालनिकट स्थायी कमिटी सदस्य भने,‘हामी जाँदैनौं।’ अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो। कार्यदलले तयार पारेको सहमतिका बुँदालाई स्थायी कमिटीले अनुमोदन गर्ने कार्यदलका नेताहरूले बताइरहेका छन्। उक्त प्रयोजनका लागि स्थायी कमिटी बैठक राखिएको हो वा अरू कुनै एजेन्डाका लागि भन्ने खुलाइएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com