काठमाडौं, २७ असार । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिनुभयो । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्