काठमाडौँ, २७ असार । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक ६ घण्टादेखि जारी छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सदस्यहरु सहमतिको प्रयासमा जुटेका छन्। कार्यदल स्रोतका अनुसार अहिलेसम्म दुबै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन्। अध्यक्ष ओली खेमाका सदस्यहरुले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुनेपर्ने अडान यथावत राखेका छन्। नेपाल खेमाका सदस्यहरुले भने पार्टीलाई २ जेठमै फर्काउनु पर्ने अडान राखेका छन्। संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला सुनाउँदैछ। कार्यदलका सदस्यहमरु त्यसअघि नै सहमति गर्नुपर्ने दवावमा छन्।
वार्तास्थलमा नेताहरु कहिले सामुहिक त कहिले आफ्नो खेमामा छुट्टै छलफल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्