ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यदि तपाईहरु साफ खेलमा जित्न चाहन्छु भने हामी आयोजना गर्छौं : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
असार २७, २०७८ आईतबार  १ : ४७ बजे

काठमाडौं, २७ असार   । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रथम स्थान हासिल गरेको बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल किर्गिजस्तान र बंगलादेशबीच त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका तीन क्याप्टेनसहित नेपालको राष्ट्रिय फुटबल टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
पुरस्कार तथा सम्मान पत्र वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरस्कृत फुटल टिमलाई भन्नुभयो, ‘साफ खेलमा यदि तपाईहरु जित्न चाहन्छु भने हामी आयोजना गर्छौं ।’ साथै उहाँले खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्व हुनुपर्ने बताउनुभयो ।

‘अमेरिकी एउटा प्रशिद गायक थिए, बाब एबेगेन । उनले अन्तर्राष्ट्रिय रुपमै फ्यामस गीतको रचना गरेका थिए । वि स्याल कम ओभर सन्डे, ’ उहाँले भन्नुभयो, ‘अब हाम्रो कुरा गर्ने हो, ‘वि स्याल कम ओभर सन्डे’ को कुरा होइन । हामी जित्ने छौं एक दिन हैन । हामी जित्ने छौं अब । जित्दै जाने छौं अब । एक दिन जित्ने छौं भनेर सपना देख्ने होइन । मैदानमा भएको बेला हामी जित्ने छौं आज ।’उहाँले थप्दै भन्नुभयो, जब खेलको हामी भनेर पस्छौ ‘वि स्याल कम ओभर कम टुडे’ । त्यो आत्मबल र मनोबल लिएर मैदानमा पस्यौ भने हामी अवस्य पनि जित्छौं ।

नेपाल अखिल नेपा फुटबल संघ एन्फाद्वारा गत वर्षको चैत १० गतेदेखि १६ गतेसम्म दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा आयोजना गरिएको नेपाल किर्गिजस्तान र बंगलादेशबीच त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले प्रथम स्थान हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमलाई प्रथम स्थान हासिल गराउन सफल किरणकुमार लिम्बु चेङ्जोङको योग्दानलाई उच्च कदर गर्दै नगद चार लाखसहित सम्मान पत्र प्रदान गर्नुभएको छ । साथै उहाँले रंजित दिवाङ, अन्नत तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, संजोग राय, रविशंकर पासवान, तेज तामाङ, अन्जन विष्ट, अभिषेक रिजाल, दिपेश कुथु, निशान खड्का, गिराज महर्जन, सुजल श्रेष्ठ, एरिक विष्ट, विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दिप कार्कीलाई पनि नगदसहित सम्मान पत्र प्रदान गर्नुभनएको ।

यसैगरी प्रशिक्षकहरु प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षण किरण श्रेष्ठ, गोल किपिङ प्रशिक्षण विकास मल्ललाई पनि प्रधानमन्त्री ओलीले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com