ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार आरोपमा रौतहटमा कांग्रेस नेता पक्राउ


एबीसी / संवाददाता
असार २६, २०७८ शनिबार  ३ : २० बजे

असार २६ रौतहट । रौतहट प्रहरीले बलात्कारको आरोपमा नेपाली कांग्रेसका एक जना नेतालाई पक्राउ गरेको छ । स्थानीय एकजना २७ वर्षिया विवाहित महिलालाई करणी गरेको आरोपमा जिल्लाको देवाही गोनाही नगरपालिका ७ उचिडिह घरभएका ५० वर्षीय नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीले कुश्वाहालाई आज पक्राउ गरेको हो । पक्राउ परेका कुश्वाहालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताउनुभयो ।

कुश्वाहाले ३ दिनअघि पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार ल्याएका थिए । गरुडा बजार भन्दा केहि पर रहेको झाँझ नदिको किनारको कांसघारीमा लगेर उनले महिलालाई बलात्कार गरेको डिएसपी भण्डारीले बताउनुभयो ।

आफुलाई जबरजस्ती करणी गरेको भनी उक्त महिलाले दिएको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको र थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिनुभयो ।पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका कुश्वाहा नेपाली कांग्रेसका स्थानीय नेता रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

सम्बन्धित

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु – पूर्वप्रधानमन्त्री ओली

निलाम्बर आचार्यको टिप्पणी – प्रतिसोध र धरपकडले भलो गर्दैन

गृहमन्त्री गुरुङले भने– पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री नियन्त्रणमा लियौं, अब देशले नयाँ दिशा लिनेछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com