ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशकपछि ‘रामायण पार्क’ कार्यान्वयनमा


एबीसी / संवाददाता
असार ६, २०७८ आईतबार  ९ : २७ बजे


म्याग्दी, ६ असार । म्याग्दीको पौराणिक स्थल पछैमा परिकल्पना भएको एक दशकपछि रामायण पार्क ९उद्यान० निर्माण गर्ने योजना कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५ पछैमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा लगेको हो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले डिपिआर तयार र बजेटको व्यवस्थापन गरेर ठेक्का प्रक्रियामार्फत रामायण पार्क निर्माणको प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिनुभयो । “पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्रामस्थल लगायतका पूर्वाधार तयार पार्न पर्यटन मन्त्रालयले रु दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख विनियोजन गरेका छन्”, उहाँले भन्नुभयो, “बजेटको उपलब्धता र आवश्यकताका आधारमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनेछौँ ।”

हिन्दू धर्मग्रन्थ रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको हो ।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ । कुल रु २३ करोड लागत अनुमान गरिएको उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैँचा निर्माण, नाभी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र २०० मिटर कालोपत्रे गर्ने योजना छ । विसं २०७४ देखिनै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण पार्कको योजना कार्यान्वयन हुन सकेको थिएन ।

पुलह पुलस्त्य क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाले रामायण पार्क निर्माण हुन लागेकामा उत्साहित भएको बताउनुभयो । “पौराणिक स्थलको प्रचारप्रसार र संरक्षणसँगै धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “रामायण पार्क म्याग्दीको पर्यटन विकासमा कोसेढुङ्गा बन्नेछ ।”

मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खला, सूर्योदय, बेनी बजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

बेनी बजारदेखि गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गेसम्मको सडक कालोपत्रे भएको छ । पछैको पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि अर्थुङ्गेदेखि पुलाचौरसम्मको सडक स्तरोन्नतिमा जोड दिइएको प्रतिनिधिसभाका निवर्तमान सदस्य भुपेन्द्र थापाले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com