काठमाडौं, ५ असार। नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा हेलम्बुका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । वाइसीएलका महासचिव सुवोध शेर्पालीका अनुसार बाढी पहिरोबाट अति प्रभावित हेलम्बुको चनौटे, किउल र बगरका १ सय परिवारलाई प्रेसकुकुर, थाल, कराइ, बटुका, डाडु, पन्यौ, पानी खाने जगलगायत खाना पकाउने सबै सेट सहित खाद्यान्न पनि वितरण गरिएको युवा नेता धिरज उपरकोटीले जानकारी दिनुभयो । राहत वितरण गर्न वाइसीएलका अध्यक्ष दिपशिखा, महासचिव शेर्पाली, सचिवहरू मिङ्माडण्डु शेर्पा, कसम गुरुङ, उमेश घोरासैनी, कोषाध्यक्ष राहुल महरा, वाइसीएल बागमती प्रदेश कमिटीका पदाधिकारी र वाइसीएल जिल्ला कमिटीका पदाधिकारीहरू पुग्नुभएको थियो । बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले विपद् राहत कोष खडा गरेको थियो । उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाईसीएलले जनाएको छ ।माओवादी केन्द्रले यसअघि बाढी पहिरो पीडितको सेवामा खटिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्