पाल्पा, ५ असार । पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ३ हिरापोखरा आर्यडाँडाकी ३५ वर्षीया मीरा विकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरी चौकी हार्थोकका प्रमुख विष्णु रेग्मीले बताउनुभयो ।मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्