ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधाज्ञाको मौका छोपी रौतहटको वनमा तस्करी बढ्यो


रुपेन्द्र पटेल
असार ३, २०७८ बिहीबार  २ : २१ बजे

रौतहट, ३ असार । पछिल्लो समय रौतहटको वनमा चोरी तस्करी बढ्दै जानथालेको छ । निषेधाज्ञा तथा बन्दाबन्दीको मौका छोपी रौतहटको वनमा तस्करी बढेको स्थानियको भनाई रहेको छ ।

बिहिबार बिहान जंगलबाट अबैध रुपमा तस्करी गरेर ल्याउदै गरेको अवस्थामा वन कर्मचारी तथा जंगलसहिया साझेदारी वनको संयुक्त गस्ती टोलीले २ थान सालको गोलिया सहित टायर गाडा पक्राउ गरेको छ । जंगलसहिया सव-डिभिजन वन कार्यालयका अधिकृत रामदेव चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने गर्जाको पानी ट्यान्की नजिकबाट सालको गोलिया सहित टायर(गाडा पक्राउ गरेको हो ।

No description available.

बिहीबार बिहानको समयमा गस्तीमा निस्केको वन गस्ती टोलीलाई देखेर काठ तस्करहरुले काठ सहितको टायर(गाडा छोडेर गोरु लिई फरार भएको जंगलसहिया साझेदारी वनका कमाण्डर रविन्द्र यादवले बताउनुभ्यो । पक्राउ गरेको उक्त सालको काठ जंगलसहिया सव(डिभिजन वन कार्यालयमा राखेको वन अधिकृत चौधरीले जानकारी दिनुभयो । यसैबीच बुधबार राती वन गस्ति टोलीले अबैध काठ बरामद गरेको छ । राती साडे एक बजेको समयमा बृन्दाबन साझेदारी वन क्षेत्रबाट २ थान सालको गोलिया ११।०६ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिनुभयो ।

No description available.

बागमती नदिको बगरै बगर सर्लाही जिल्ला तर्फ लाने क्रममा बृन्दाबन सब–डिभिजन वन कार्यालयका जमदार सोभिलाल चौधरीको कमाण्डमा गएको नियमित गस्ती टोलिले विशेष सुचना पाई घेरा हाली पक्राउ गर्न खोज्दा काठ तस्करहरु भाग्न सफल भएको यादवले जानकारी दिनुभयो। काठ तस्कर साईकल र काठ घटनास्थलमै छाडी भागेको ,काठ र साईकल बरामद गरि बलरी पोष्टमा घाटगद्दी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com