ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै


एबीसी / संवाददाता
असार ३, २०७८ बिहीबार  १ : २१ बजे


काभ्रेपलाञ्चोक, ३ असार :
आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।

स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको छ ।

नगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ८० महिलासहित १५८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णय गरेको छ ।

धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशनकक्ष निर्माण गर्न लगाइनेछ ।

यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४९ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने २०५ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन ३४ व्यक्तिमा कोरोना सङ्क्रमण देखियो भने ८८ सङ्क्रमणमुक्त भएका थिए । पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर सङ्ख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्म यहाँ १५८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल जिल्लामा एक हजार ३६९ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २५३, धुलिखेलमा २७२, पाँचखालमा ८३, नमोबुद्धमा ८७, मण्डनदेउपुरमा ११२ तथा रोशी गाउँपालिकामा ८४, चौँरीदेउरालीमा ५५, तेमालमा १५, भुम्लु १०६, खानीखोलामा २४, बेथानचोकमा १६ र महाभारतमा १०४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com