काठमाडौं, ३ असार । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले मङ्गलबार राति पत्रकार सम्मेलनका क्रममा पेय पर्दाथ कोकाकोलाको बोतल हटाएर पानी पिएका थिए ।
जङ्क फुड तथा कार्बोनेटेड सफ्ट ड्रिङ्क्सबाटै टाढै रहेर आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै आएका रोनाल्डोले सामाजिक सन्देश दिन खोज्दा पेय पदार्थ कोका–कोलालाई भने ठूलो नोक्सानी भएको छ ।युरो कप २०२० अन्तर्गत हङ्गेरीसँगको खेलअगाडि पत्रकार सम्मेलनका रोनाल्डोले टेबलमा राखिएका दुई बोतल कोका–कोला हटाउँदै पानी पिएका थिए ।
हङ्गेरीसँगको खेल साविक विजेता पोर्चुगलले ३–० गोलले जितेको थियो । मङ्गलबार राति हङ्गेरीको फेरेन्स पुस्कास स्टेडियममा पोर्चुगललाई जिताउन रोनाल्डोले दुई तथा राफेल गुर्रेइरोले एक गोल गरेका थिए । खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोको सो कदमबाट कोकाकोला कम्पनीलाई चार बिलियन (अर्ब) अमेरिकन डलरको नोक्सान भएको हो ।
खबरका अनुसार रोनाल्डोको सो कार्यबाट कोकाकोलाको शेयर मूल्य चार अर्बले घटेको छ ।रोनाल्डोको यस कदमपछि कोकाकोलाको मार्केट भ्यालु दुई सय ४२ अर्बअमेरिकी डलरबाट घटेर तीन सय ३८ अर्ब डलरमा झरेको छ । शेयरमा एक दशमलव ६ प्रतिशत गिरावट आएको छ । जसअनुसार चार बिलियन अमेरिकन डलर नोक्सान भएको डेली स्टारमा खबर छ ।युरो कपका अधिकारी प्रायोजकमध्येको एक कोका–कोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मङ्गलबार विज्ञप्ति नै जारी गरेको छ । फरक आवश्यकता र स्वादका आफूले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्