काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।विभाजनको संघारमा रहेको जसपाको यादव पक्षको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि गरिएको कारवाही सन्दर्भमा निर्वाचन आयोगले दिएको निर्णयबारे निर्णय लिने बताइएको छ ।बैठकमा जसपाको वैधानिकता दावी गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।आज विहान ११ बजेपछि बस्ने बैठकलाई ठाकुर पक्षले भने अस्वीकार गरेको छ । ठाकुरले बुधबार नै विज्ञप्ति जारी गर्दै यादव पक्षले बोलाएको बैठक वैधानिक नभएकोले सहभागी नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्