रौतहट, २ असार । रौतहटमा अहिले विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैंचामा फलेको आ“प असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आ“प बिक्री वितरण गरिरहेका छन् । भारत तथा नेपालको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आ“पहरु रौतहटको सदरमुकाम गौर सहित गरुडा, कटहरिया, समनपुर, डुमरिया, चन्द्रनिगाहपुर लगायतका शहरमा बिक्री भइरहेको चन्द्रनिगाहपुरका स्थानीय वासीन्दा राजु तिवारीले बताउनुभयो । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आ“प स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । विषादी हालेर पकाइको आ“पका कारण स्वास्थ्यमा जोखिम बढेको चन्द्रनिगाहपुरका स्थानीयवासी रोशन लामाको गुनासो गर्नुभयो । आ“पमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आ“प नखान चन्द्रनिगाहपुर सिभिल अस्पतालका डाक्टर राम किशोर साहको सुझाव छ । यता कारवाइड प्रयोग गरिएको आ“प खादा छालाको रोग, पेट दुख्ने, वान्ता हुने लगायत अन्य स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर धर्मेन्द्र पटेलको सुझाव रहेको छ । आ“प उत्पादनको दृष्टिकोणले रौतहट जिल्ला सुन्य मानिन्छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उदेश्यका साथ मौषम र सिजन विपरित विषादिी प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्