काठमाडौं, २असार । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘पार्टी मिलाउनुस् कमरेड’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहर” सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।लगातार ज्वरो आएपछि खनाललाई जेठ ३१ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उहाँमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ । गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली जानुभएको थियो । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्