ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 


एबीसी / संवाददाता
जेष्ठ ३१, २०७८ सोमबार  २ : ३५ बजे

काठमाडौं, ३१ जेठ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको आँैल्याएको छ ।

एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्ने उल्लेख गरेको हो ।

यस विषम परिस्थितिमा अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदम चाल्नुपर्ने एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन् ।

सो संस्थाले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको समेत विश्लेषण गरेको छ । दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ ।

एम्नेस्टी  इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com