ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोनाबाट मृत्युहुनेको संख्या सयभन्दा कम: भारतमा एकै दिन ३ हजार ८१९ जनाको मृत्यु


एबीसी / संवाददाता
जेष्ठ ३१, २०७८ सोमबार  ७ : २७ बजे

काठमाडौं, ३१ जेठ। कोरोना भाइरस महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक सयभन्दा तल झरेको छ ।

महामारी नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास सफल हुँदा अमेरिकामा एक दिनमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सयभन्दा कम भएको हो । पछिल्लो २४ घण्टाभित्र कोरोनाका कारण ९८ अमेरिकी नागरिकको मृत्यु भएको छ ।

महामारी उत्कर्षमा पुग्दा अमेरिकामा कोरोनाका कारण एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । तर पछिल्लो समय क्रमस त्यो सङ्ख्या घटेर एक सयभन्दा तल आइपुगेको हो ।

कोरोनाकै कारण अमेरिकामा हालसम्म छ लाख १५ हजार ५७ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अहिलेसम्म विश्वका अरु मुलुकमा कोरोनाका कारण मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो ।

महामारी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको अमेरिकामा दैनिक सङ्क्रमित सङ्ख्या पनि पाँच हजारबाट ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा चार हजार नौ सय दुई जना नयाँ बिरामी थपिए ।

यसअघि एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए । सङ्क्रमण नियन्त्रणमा विभिन्न उपाय अपनाएको अमेरिकाले कोरोनाविरुद्धको खोप प्रयोगलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

अमेरिकामा हालसम्म तीन करोड ४३ लाख २० हजार सात सय ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । विश्वका अन्य मुलुकमा भन्दा हालसम्म अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या धेरै छ ।

सङ्क्रमितमध्ये दुई करोड ८४ लाख ६२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख पाँच हजार पाँच सय ५६ जनाको उपचार भइरहेकोमा चार हजार पाँच सय ३७ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा एकै दिन तीन हजार आठ सय १९ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या अन्य मुलुकमा पछिल्लो २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

नेपालसँग खुला सीमा रहेको भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण तीन लाख ७४ हजार दुई सय २६ जनाको मृत्यु भइसकेको छ । एकै दिन ६७ हजार दुई सय ९० जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएका सङ्क्रमित सङ्ख्या अरु मुलुकमा २४ घण्टाभित्र थपिएका बिरामीको भन्दा धेरै हो । हालसम्म दुई करोड ९५ लाख छ हजार तीन सय २८ जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८१ लाख ४६ हजार तीन सय ७८ जना उपचारपछि निको भएर कोरोनामुक्त बनेका छन् । नौ लाख ८५ हजार सात सय २४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतले कोरोना नियन्त्रणका लागि गरेका विभिन्न प्रयास पनि सफल भइरहेका छन् । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार ४३ सङ्क्रमितको मृत्यु भयो । ब्राजिलमा कोरोनाका कारण २४ घण्टाभित्र मृत्यु भएको सङ्ख्या केही दिनयताकै कम हो ।

ब्राजिलमा हालसम्म चार लाख ८७ हजार चार सय एक जनाको मृत्यु कोरोना सङ्क्रमणपछि भएको छ । एकै दिन ३५ हजार सात सय ६८ जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएको सङ्ख्या पनि निक्कै कम हो । महामारी उत्कर्षमा पुगेका बेला ब्राजिलमा एक दिनमा एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

हालसम्म एक करोड ७४ लाख १२ हजार सात सय ६६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड ५७ लाख ९४ हजार पाँच सय ४८ जना उपचारपछि निको भएका छन् ।

११ लाख ३० हजार आठ सय १७ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेर गएको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा एकै दिन आठ हजार दुई सय ८४ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या यसअघि एक दिनमा मृत्यु भएका सङ्क्रमितको भन्दा कम हो ।

हालसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण ३८ लाख १८ हजार सात सय ९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र दुई लाख ८९ हजार एक सय ९० जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएको सङ्क्रमित सङ्ख्या पनि यसअघिको तुलनामा निक्कै कम हो । विश्वमा हालसम्म १७ करोड ६६ लाख ९६ हजार छ सय पाँच जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये १६ करोड सात लाख २९ हजार एक सय तीन जना उपचार सफल भएपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड २१ लाख ४८ हजार सात सय १२ जनाको उपचार भइरहेकोमा ८५ हजार ८६ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमण क्रमस कम हुँदै गइरहेको छ । दैनिक यसअघि सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।

कोरोनाकै कारण एक दिनमा १४ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर पछिल्लो समय दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसलाई कोरोना नियन्त्रणमा विश्वले सफलता प्राप्त गरिरहेको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

के आपत आइलाग्यो ? फेरि ओली झापा हिंडे ?

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com