ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियतको चामल लिन घुइँचो


एबीसी / संवाददाता

दुल्लु, २८ जेठ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २० प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेको छ ।

सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको सङ्ख्या बढेको छ । यसग्अघि चाडपर्वका बेला मात्र छुट दिदैआएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो लाग्ने गरेको पाइएको छ ।खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको छ । सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताउनुभयो । “दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौ धौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ”, बादीले खुसी व्यक्त गर्नुभयो । बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ । सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन ।

सहुलियत दरको चामल लिन अहिले भिड लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताउनुभयो । जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको ऐरीले जानकारी दिनुभयो । कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ । सोमवार, बुधबार र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उहाँको भनाइ छ । (((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com