ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास वृद्धि


एबीसी / संवाददाता
जेष्ठ २८, २०७८ शुक्रबार  ४ : ३३ बजे

काठमाडौं, २८ जेठ । आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताउनुभयो । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् ।

केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी पसेका थिए । त्यसबेला तारबार भत्काएर पसेका हात्तीले मकैबाली खाएर सोत्तर बनाएका थिए । समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ । तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन् ।

भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जङ्गल छ । आसामदेखि आएका हात्ती नेपाल आउनु अघि त्यही जङ्गलमा बस्ने गर्छन् । हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाको गौंडाहरुमा खटिने गरेको छ ।

डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्रयाक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ । ‘‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौं,’’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भन्नुभयो, ‘‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन् । अहिले एक्कासी आउन थाले ।’’ प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठूलो सङ्ख्या तारबार फोडेर बाहुनडाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैंं मानव हात्ती द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

रहेनन् अर्थविद् केशव आचार्य

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com