ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्षित समूहका नागरिकले पाएनन् कोरोनोविरुद्धको खोप


एबीसी / संवाददाता
जेष्ठ २८, २०७८ शुक्रबार  ४ : २७ बजे

नवलपुर, २८ जेठ । सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउन भनेपनि यहाँका लक्षित वर्ग त्यसबाट बञ्चित भएका छन् ।
सरकारले विसं २०१३ जेठ २५ देखि विसं २०१६ जेठ २५ सम्म जन्म भएका नागरिकलाई खोपको पहिलो मात्रा लगाउन देशभरी भेरोसेल खोप उपलब्ध गराएको थियो । सरकारले खोप उपलब्ध गराएपनि यहाँका लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका हुन् ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ । नगरपालिकाअन्तर्गत पर्ने नवलपुर स्वास्थ्य चौकीले तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा नदिएको पाइएको छ । मध्यविन्दु–३ का हुमनाथ पोखरेल एक घण्टा हिँडेर नवलपुर स्वास्थ्य चौकी पुगे पनि खोप लगाउन नपाएको बताउनुहुन्छ ।

“म ब्रम्हस्थानबाट यो चर्को घाममा हिँडेरै खोप लगाउनका लागि कोल्हुवाको नवलपुर हेल्थ पोस्ट पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यहाँ पुगेपछि तपाईँको उमेरका व्यक्तिका लागि यो खोप होइन भनेर मलाई खोप लगाउनबाट बञ्चित गरियो ।” पोखरेलले देखाउनुभएको नागरिकताअनुसार उहाँको जन्म विसं २०१३ जेठ २९ गते रहेको छ । सरकारले तोकेको उमेर समूहमा उहाँले खोप लगाउन पाउनुपर्ने भए पनि पोखरेल जस्तै २०१३ सालमा जन्मिएका धेरैले नवलपुर स्वास्थ्य चौकीबाट खोप लगाउन पाएनन् ।

उहाँ खोप लगाउन आफ्नो नगारिकता बोकेर स्वास्थ्य चौकी पुग्नुभएको थियो । अघिल्लो पटक खोप लगाउन जाने बेलामा उहाँलाई ६५ वर्ष नपुगेको भनेर फर्काइएको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, “अहिले फेरि ६५ वर्ष पुगिसक्नुभयो, तपाईलाई यो खोप लगाउन मिल्दैन भनेर फर्काइयो, तर अझै ६५ वर्ष पुगेको छैन म ।” त्यसो त अघिल्लो पटक ६५ वर्ष नपुगेका तर अहिले ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरु पनि खोपबाट बञ्चित भएका छन् ।

मध्यविन्दु—३ कै पशुपतिया चौधरीले आफ्नो जन्म २०१३ माघमा भए पनि स्वास्थ्य कार्यालयले खोप लगाउनबाट बञ्चित गरेको बताउनुभयो । उहाँ ६४ वर्ष पूरा हुन अझै आठ महिना बाँकी छ । “यो व्यवहारिक निर्णय भएन । यसरी त हामीलाई अन्याय भयो”, उहाँले भन्नुभयो, “हामीले अघिल्लो पटक पनि खोप लगाउन पाएनौँ । अहिले सरकारले हाम्रै लागि भनेर तोकेर पठाएको खोपबाट समेत बञ्चित गराइयो ।”

सरकारले तोकेको लक्षित वर्गका व्यक्तिले खोप लगाउन नपाएकोबारे स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख केशवप्रसाद चापागाईले पालिकाले निर्णय गरेर खोप दिइएकोले आफूले केही भन्न नसक्ने बताउनुभयो । “सरकारले तोकेको मापदण्ड पालना गरेर खोप दिनुपर्ने हो, तर स्थानीय पालिकाले कसरी खोप दिएका छन् । यसबारे मलाई जानकारी भएन”, उहाँले भन्नुभयो, “हामीले खोप लगाउने होइन, पालिकालाई खोप उपलब्ध गराएर समन्वय मात्रै गर्ने हो ।”

मध्यविन्दु नगरपालिकामा लक्षित वर्गले खोप लगाउन नपाएको विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले कर्मचारीहरुमा स्पष्टता नहुँदा केहि व्यक्तिहरु फर्किनु परेको स्वीकार गर्नुभयो । “स्वास्थ्य संस्थासँग राम्रो समन्वय नहुँदा लक्षित उमेरका व्यक्तिले खोप लगाउन छुट्नुभयो होला”, उहाँले भन्नुभयो, “त्यसलाई म्यानेज गर्न पाए राम्रो हुने थियो, आज पनि केही स्थानमा खोप लगाइदैछ, खोप लगाउन नपाएका लक्षित उमेर समूहका व्यक्तिलाई त्यहाँ पु¥याउन पाए हुने थियो ।” पोखरेलले प्राथमिक उपचार केन्द्र चोरमारा र नारायणी स्वास्थ्य चौकीमा शुक्रबार पनि खोप कार्यक्रम जारी रहेको बताउनुभयो ।

यद्यपि नवलपुर स्वास्थ्य चौकीका प्रमुख रामानन्द महतोले भने नगरपालिकाले आफूहरुलाई पठाएको परिपत्रअनुसार नै खोप लगाएको बताउनुभयो । “नगरपालिकाले हामीलाई २०१४ सालदेखि २०१६ सालसम्म जन्मिएका व्यक्तिलाई खोप लगाउनू भनेर परिपत्र गरेको थियो”, उहाँले भन्नुभयो, “पहिलो दिनमा निर्देशनअनुसार काम गरेको र खोप रहने भएपछि बिहीबार अन्य उमेरका व्यक्तिलाई पनि खोप लगाएर पठायौँ ।” पहिलो दिनमा टाढाबाट खोप लगाउन आएका लक्षित उमेर समूहका व्यक्तिलाई रित्तै फर्काएको नवलपुर स्वास्थ्य चौकीले बिहीबार ६० वर्ष भन्दा कम उमेरका व्यक्तिलाई समेत खोप लगाएको महतोले स्वीकार गर्नुभयो ।

लक्षित वर्गका व्यक्तिले खोप नपाएको बारे आफूलाई कुनै जानकारी नभएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । “यदि खोप पाउनुपर्ने व्यक्ति छुट्नुभएको भए उहाँहरुलाई आगामी कार्यक्रममा प्राथमिकतामा राख्नेछौँ, उहाँहरुले आफ्नो खोप केन्द्रमा नाम टिपाउनुपर्छ”, उहाँले भन्नुभयो, “मानवीय त्रुटिले कोही व्यक्ति खोप लगाउन छुटेका होलान् । यो त्यति ठूलो विषय होइन ।” मध्यविन्दु नगरपालिकामा ८७५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com