ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठमा १९ सयले लगाए खोपः बिहीबारको कार्यक्रम स्थगित


एबीसी / संवाददाता

काठमाडौं, २६ जेठ ।   बूढानीलकण्ठ नगरपालिकाले आज एक हजार ९०८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । तिनमा महिला ९९६ र पुरुष ९१२ छन् । चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि शुरु भएको खोप कार्यक्रममा सो दिन एक हजार ४०९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंँले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो । सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं. ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल, मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको खोप केन्द्रबाट दुई दिनमा ९९६ पुरुष र ९१२ महिलालाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ । खोपको आवश्यक कति मात्रा उपलब्ध हुन नसकेको हो भन्नेबारे भने नगरपालिकाले केही प्रष्ट पारेको छैन ।
यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । आफ्नै देशभित्र फैलिएको महामारीका कारण भारतले यो खोपको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिने समयसीमा घर्किनै लाग्दा पनि अन्योल यथावत् छ ।

संक्रमणबाट थप एकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नगरपालिका क्षेत्रमा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १ का एक पुरुष रहेको जनस्वास्थ्य महाशाखा प्रमुख दाहालले पुष्टि गर्नुभयो । यससँगै नगरपालिका क्षेत्रमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ जसमा आठ महिला र १२ पुरुष छन् ।

नगरपालिका क्षेत्रमा संक्रमितका नयाँ केस भेटिने क्रम यथावत् छ । बुधबार १७ महिला र २२ पुरुष गरी ३९ संक्रमित भएको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । एकचालीस जना भने पछिल्लो २४ घण्टामा कोरोना जित्न सफल भएका छन् । यससँगै नगरपालिका क्षेत्रमा कोरोना जित्नेको संख्या एक हजार ८७८ र सक्रिय संक्रमितको संख्या ४२५ भएको छ । सक्रिय संक्रमितमध्ये ३८२ जना होमआइसोलेशन र ४३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका वडा नं १०का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com