काठमाडौँ, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको चौधौं महाअधिवेशन तोकिएको समयमै सम्पन्न गर्नमा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । ‘बुधबार दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरुलाई’ सम्बोधन गरेर एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले आफू समयमै महाधिवेशन गर्नमा प्रतिवद्ध रहेको बताउनुभएको हो । आफ्नो प्रेस वक्तव्यमा सभापतिले देउवाले भन्नुभयो , ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु।’ पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको भन्दै महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको पनि सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्