काठमाडौं, २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी लाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले बिस्तृत ब्रीफिङ गरेका छन । आज बुधबार पुल्चोक स्थित रहेको बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेल ज्युले एक कार्यक्रमको बीच बिभागको गत्तिबिधी बारेमा जानकारी गराउनु भएको हो ।
निर्देशक पौडेलले यस बिभागको औचित्य,चुनौती, अबसर र बिगत देखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराउनु भएको थियो ।त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराउनु भयो ।
परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गर्नु भयो ।सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिनुभयो ।
उहाँले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गर्नु भयो ।
आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।
घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनी नसकेको दुख दायी अबस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिनु भयो ।उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्