ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ नगरभित्र कोरोनामा पनि कालोपत्र हुंदै


एबीसी / संवाददाता


बागलुङ २५ जेठ :
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगरभित्रका भित्री र ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत गरिरहेको छ ।

असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपत्र तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त गराउने अभियानअन्तर्गत अहिले पुराना तथा कालोपत्र उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढीपहिराले बिगारेको सडक कालोपत्रको योजना छ । अहिले बागलुङ बजारको पुरानो अदालत रोडबाट कृषि विकास बैंक हुँदै गोदाम घरसम्मको सडक कालोपत्र सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्र गरिरहेको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले बताउनुभयो ।

अहिले एक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइरहको र जेठ मसान्तभित्र पाँच किलोमिटर र असार मसान्तभित्र १० किलोमिटर सडक कालोपत्र गरिने इञ्जीनियर शर्माको भनाइ छ । बागलुङ नगरभित्रको जीर्ण सडक कालोपत्र तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रको काम भइरहेको छ । चार वर्षअघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । असार मसान्तसम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाइ छ । रु एक करोड ३८ लाखको लागतमा ९.२५ किलोमिटर सडक कालोपत्र, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।

आरएस निर्माण सेवाले सडक बोर्डको रु ९२ लाख र बागलुङ नगरपालिकाको रु ४६ लाख लागतमा कालोपत्रको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीनतलेबाट धारपानीसम्म, पुरानो वन कार्यालयबाट बुद्धचोक हँुदै पेन्सन क्याम्पसम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारासम्मको सडक र पुरानो वन कार्यालयबाट बागलुङ एफएमसम्मको सडक कालोपत्र हुनेछ ।

यस योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्तभित्र कालोपत्र भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोकबाट जिल्ला अदालत हुँदै रुद्रेपिपलसम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्र गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्र भएको छैन । नगरपालिकामा धेरै पहिले कालोपत्र भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्र र मर्मत हुनासाथ अधिकांश बागलुङ बजारका सडक कालोपत्र र खाल्डाखुल्डीमुक्त भइसक्ने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण भइरहेको छ” नगरप्रमुख पौडेलले भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com