ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ नगरभित्र कोरोनामा पनि कालोपत्र हुंदै


एबीसी / संवाददाता
जेष्ठ २५, २०७८ मंगलबार  ११ : ०१ बजे


बागलुङ २५ जेठ :
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगरभित्रका भित्री र ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत गरिरहेको छ ।

असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपत्र तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त गराउने अभियानअन्तर्गत अहिले पुराना तथा कालोपत्र उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढीपहिराले बिगारेको सडक कालोपत्रको योजना छ । अहिले बागलुङ बजारको पुरानो अदालत रोडबाट कृषि विकास बैंक हुँदै गोदाम घरसम्मको सडक कालोपत्र सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्र गरिरहेको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले बताउनुभयो ।

अहिले एक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइरहको र जेठ मसान्तभित्र पाँच किलोमिटर र असार मसान्तभित्र १० किलोमिटर सडक कालोपत्र गरिने इञ्जीनियर शर्माको भनाइ छ । बागलुङ नगरभित्रको जीर्ण सडक कालोपत्र तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रको काम भइरहेको छ । चार वर्षअघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । असार मसान्तसम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाइ छ । रु एक करोड ३८ लाखको लागतमा ९.२५ किलोमिटर सडक कालोपत्र, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।

आरएस निर्माण सेवाले सडक बोर्डको रु ९२ लाख र बागलुङ नगरपालिकाको रु ४६ लाख लागतमा कालोपत्रको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीनतलेबाट धारपानीसम्म, पुरानो वन कार्यालयबाट बुद्धचोक हँुदै पेन्सन क्याम्पसम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारासम्मको सडक र पुरानो वन कार्यालयबाट बागलुङ एफएमसम्मको सडक कालोपत्र हुनेछ ।

यस योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्तभित्र कालोपत्र भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोकबाट जिल्ला अदालत हुँदै रुद्रेपिपलसम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्र गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्र भएको छैन । नगरपालिकामा धेरै पहिले कालोपत्र भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्र र मर्मत हुनासाथ अधिकांश बागलुङ बजारका सडक कालोपत्र र खाल्डाखुल्डीमुक्त भइसक्ने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण भइरहेको छ” नगरप्रमुख पौडेलले भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com