ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैमिनी नगरपालिकाले पहिरो पीडितका घर बनाउँदै


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार   १२ : ३१   बजे


काठमाडौँ, २१ जेठ , २१ जेठ
बाढी, पहिरोबाट क्षति भएका घरहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । सङ्घ सरकारको कार्याक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुनर्निर्माण र पुनस्र्थापनाको काम थालेको हो ।

सङ्घ सरकारले क्षति भएका निजी आवास पुनर्निर्माणको लागि अनुदान उपलब्ध गराउने भनेपनि काममा ढिलाइ भएको भन्दै नगरले आफ्नै कार्यक्रम ल्याएको हो । नगरको विपत् व्यवस्थापन कोषबाट बजेट परिचालन हुने गरी निजी आवास पुनर्निर्माणका लागि सूचना गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । सङ्घ सरकारको कार्यक्रम आउनुपूर्व घर बनाउन चाहनेलाई नगरले दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।

‘‘हामीले तत्काल घर बनाउन चाहनेलाई सरकारले तोकेको मापदण्डअनुसार घरको नक्सा बनाएर अनुदानका लागि आउनु भनेका छौँ’’, इञ्जिनियर विवेक सापकोटाले भन्नुभयो, ‘‘सङ्घ सरकारको अनुदान आउनु पूर्व घर बनाउनेलाई नगरले रु दुई लाख अनुदान दिन्छ, बाँकी रु दुई लाख व्यक्तिले खर्च गर्नुपर्छ ।’’ सङ्घ सरकारले चार लाख रुपैयाँ अनुदान दिने छ । सोही कार्यविधिका आधारमा पुनर्निर्माण गरिने सापकोटाले बताउनुभयो ।

‘‘घर निर्माणकै चरणमा माथिको अनुदान आए रु चार लाख लाभग्राहीले पाउँछन्, घर बनिसकेपछि भने प्रक्रिया सकिन्छ’’, सापकोटा भन्नुहुन्छ, ‘‘नगरले दिएको अनुदानमा घर बनाउन कसैले खोजी गरेको पाइएको भने छैन ।’’ बर्खा लागिसक्दा समेत सङ्घ र प्रदेश सरकार समेतको साझेदारीमा सञ्चालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा आउन नसकेका कारण नगरले आफ्नै कार्यक्रम बनाएको हो ।

‘‘पीडितहरु समस्यामा हुनुहुन्छ, हामीले सकेसम्म तत्कालको समस्या टार्न खोजेका हौँ’’, नगरप्रमुख पौडेल भन्नुहुन्छ, ‘‘उहाँहरुलाई जे गर्दा सहज हुन्छ त्यही गर्नु भनेका छौँ ।’’ जैमिनीमा तत्काल निर्माण गर्नुपर्ने गरी ५६ घर भत्किएका थिए । केही घर प्रबलीकरण गर्नुपर्ने छन् भने केही घरपरिवारले थातथलो नै छोडेर तराईमा झरेका छन् । नगरपालिका आफैँले ठूलो खर्च गरेर पुनर्निर्माणमा लाग्न स्रोतको अभाव रहेको गुनासो नगरमा छ ।

सङ्घ सरकारले बागलुङलाई विपतग्रस्त क्षेत्र घोषणा गरेकाले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यक्रम आउने आशामा बस्दा निजी आवास निर्माणमा ढिलाइ भएको पौडेलले बताउनुभयो । सडक, भवनलगायतका अन्य पूर्वाधारमा समेत गत वर्षको वर्षामा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।
———

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group