ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका मन्त्री थापाले तीन पटक सच्चाए नागरिकता :अब हुनसक्छ यस्तो सजाय


एबीसी / संवाददाता

काठमाडौ २० जेठ ।   सर्वोच्च अदालतबाट फौजदारी अपराध प्रमाणित भइसकेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापालाई सर्वोच्च अदालतले बोलाएपछि दैलेख जिल्लाबाट मुद्दाको प्रतिलिपि बुझेर लग्नुभएको छ । मङ्गलवार साँझ सुटुक्क दैलेख आएर मन्त्री थापाले बुधवार जिल्ला अदालत दैलेखबाट मुद्दा फैसलाको प्रतिलिपि लिएर जानुभएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकताको प्रतिलिपि लिएको कागजातको प्रतिलिपी समेत लगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रहेका थापा किर्ते जालसाजी मुद्दामा ‘जेल सजाय’ पाएको र यस्ता व्यक्ति सार्वजनिक पदमा बस्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट परेको हो । परेको रिटमा गत आइतबार सर्वोच्च अदालतले मन्त्री थापालाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

वैशाख ४ गते थापा मन्त्रीमा नियुक्त भएपछि कृष्णप्रसाद चौलागाईं र सूर्यमणि गौतमले सर्वोच्च अदालतमा परमादेश माग्दै रिट दायर गर्नुभएको थियो । २०४५ सालमा खाद्यान्न ढुवानी लगायत ठेक्काको क्रममा थापा र नारायण नगरपालिका–१ बस्ने भेषबहादुर थापाको मिलेमतोमा घरजग्गाको किर्ते मूल्याङ्कन गरेको र सोही अनुसार सर्वोच्च अदालत सम्म मुद्दा प्रक्रिया पुगेर सर्वोच्च अदालतले समेत कृते जालसाज फैसला गरिसकेको उल्लेख छ ।

No description available.

यस्तो थियो थापाको मुद्दा प्रकृति र कारबाही

२०४५ साल वैशाख १२ गते तत्कालीन जिल्ला कार्यालय (हालको जिल्ला प्रशासन कार्यालय) मा खाद्यान्न ढुवानी ठेक्काको सम्पत्ति विवरण बढाइएको र झुटो विवरण पेस गरेको भन्दै थापामाथि झुटो विवरण पेस गरिएको बारेमा कृते जालसाजी मुद्दा दर्ता भएको थियो । मन्त्री अम्बर बहादुर थापा सँगै भेषबहादुर थापा, वीर बहादुर सिंह तीन जनालाई मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला न्यायाधीश श्याम किशोर प्रसादको इजलासले २०४७ साल असार १४ गते अम्बर बहादुर थापालाई ८ हजार ५ सय जरिवाना तोकेको थियो ।

उक्त फैसला सँगै थापा पुनरावेदन अदालत पुगेका थिए, पुनरावेदन अदालतले २०५० साल पौष ६ गते न्यायाधीश केदार प्रसाद गिरी र ताहिर अलि अन्सारीको इजलासले कृते जालसाज ठहर गर्दै २१ हजार २ सय ५० रुपैयाँ जरिवाना र १ वर्ष कैद फैसला सुनाएको थियो ।
थापा पुनः सर्वोच्चमा पुगेका थिए, सर्वोच्च अदालतका न्यायाधीश गोविन्द बहादुर श्रेष्ठ र गोपाल प्रसाद खत्रीको इजलासले त्कालिन नाम अम्बर बहादुर थापा हाल अम्मर बहादुर थापालाई ६ महिना कैद र २५ रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । उक्त फैसला सँगै कैदको हकमा यसअघि अनुसन्धानका क्रममा १६ दिन थुनामा बसेकोले प्रतिदिन ७ रुपैयाँका दरले हुने १ हजार १ सय ५२ रकम जम्मा गरेर फुक्का गरिदिनु भन्ने फैसला आदेश भएको थियो ।

No description available.

थापाको नागरिकतामा पनि विवाद

अदालतको फैसलामा अम्बर, नागरिकता प्रतिलिपिमा अमर र अन्तिम प्रतिलिपिमा अम्मर बहादुर थापा उल्लेख

२०४५ सालमा कृते जालसाजी मुद्दा लगाइएका थापाको तीनवटै तहका अदालतको फैसलामा अम्बर बहादुर थापा नाम उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको विवरणमा भने उहाँको नाम अमर बहादुर थापा र अन्तिम प्रतिलिपि लिँदा अम्मर बहादुर थापा उल्लेख गरिएको छ । पहिलो नागरिकताको बारेमा भने प्रशासनमै अन्यौलता देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखको नागरिकता ढ्ड्डा अनुसार २०३७ साल ८ महिना २५ गते अमरबहादुर थापाको नामबाट नागरिकता जारी गरिएको देखिन्छ । दोस्रो प्रतिलिपि २०६४ साल २ महिना १३ गते लगेको देखिन्छ । दोस्रो प्रतिलिपिमा पनि अमरबहादुर थापानै छ । थापाले तेस्रो प्रतिलिपि दुई महिना नपुग्दै लगेको देखिन्छ । २०६४ साल ४ महिना ३ गते लगेको तेस्रो प्रतिलिपिमा भने अम्मर बहादुर थापा उल्लेख गरिएको छ । दोस्रो र तेस्रो प्रतिलिपि प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकीबाट लिएको बुझिएको छ ।

अदालतले कसुर सजाए तोकिसकेपछि २०६४ सालको निर्वाचन अगाडी थापाले दुई महिनाको अवधिमा प्रतिलिपि नागरिकतामा अम्मर बहादुर थापा बनाएको देखिन्छ । यसले केही बदमासी गर्न खोजेको शङ्का गर्ने ठाउँ छ एक कानुन व्यवसायीले बताउनुहुन्छ ।

अदालतको हकमा नाम फरक परेको विषयमा बोल्दै एक कानुन व्यवसायीले भन्नुभयो “तत्कालीन समयमा थापाले आफैले कवुल स्वीकार गरेकोले उहाँको नाममा समस्या हुँदैन उहाँको ल्याप्चे र साइन समेत हुन्छ त्यसबाट पनि प्रमाणित हुन्छ । तर कसुर सजाए सुनाइसकेको व्यक्तिले नागरिकता प्रतिलिपिमा नाम परिवर्तन गर्न नमिल्ने हो कसरी यो भयो खोजवीन हुनुपर्दछ ।”

कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई
प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस
हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले दिएको जानकारी अनुसार नाममा सामान्य हेरफेर गर्ने, इकार ऊकार थप घट गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुने भएकोले सोही अनुसार भएको हुनसक्ने बताएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले तत्कालीन समयमा दोस्रो प्रतिलिपिमा अमर र तेस्रो प्रतिलिपिमा अम्मर भनेर परिवर्तन गरिएको रहेछ, मन्त्री ज्यूले फोटोकपी माग्नु भएको थियो हामीले फोटोकपी गरेर दिएका छौँ । सर्वोच्चोबाटै छानवीन भएकोले यसवारे आफुहरुले कोही बोल्न नमिल्ने प्याकुरेलले बताउनुभयो । जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले आफ्नो मुद्दाको प्रतिलिपि माग्न मन्त्री थापा अदालतमा आएको र अदालतले प्रतिलिपि दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com