ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोर्डको नँया व्यवस्था,साधारण शेयर खरिद गर्न हितग्राही खाता अनिवार्य


admin
पुस ११, २०७४ मंगलबार  २ : ३२ बजे

काठमाडौँ, ११ पुस। नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा  हितग्राही खाता हुनैपर्ने व्यवस्था गरेको छ । हितग्राही खाता नहुनेले साधारण शेयर खरिद गर्न नपाउने भएका छन् ।

बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा आवेदन दिन नपाउने भएका हुन् । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले निकट भविष्यमा सीमित साधारण शेयर जारी गर्न लागेको छ । शेयर बिक्रीका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, सिभिल क्यापिटल र एनएमबी क्यापिटल छन् । कम्पनीले आज सूचनामार्फत साधारण शेयरका लागि अनिवार्यरुपमा हितग्राही खाता (डिम्याट) जरुरी रहेको भन्दै तत्काल खाता खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको सूचनाअनुसार १०० मूल्य अंकित तीन करोड ६५ लाख कित्ता शेयरमध्ये कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीलाई ७१ लाख १७ हजार ५०० बराबरको कित्ता शेयर बिक्री गर्न लागेको छ ।

यस्तै, संस्थापक शेयर धनी संस्थाका कर्मचारीलाई १२ लाख ७७ हजार ५०० कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई तीन लाख ६५ हजार कित्ता गरी पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता साधारण बिक्री गर्न लागेको जनाएको छ ।

शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २६ गते उक्त कम्पनीले स्वीकृति पाइसकेको छ । बोर्डको नियमअनुसार आस्वा प्रणालीमार्फत शेयर आवेदन दिनका लागि हितग्राही खाता अनिवार्य रहेको भन्दै तत्काल उक्त खाता खोल्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवाको साविक जिविस तथा गाविसका कर्मचारीलेसमेत उक्त शेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकोषमा रकम जम्मा गरेका कर्मचारीले शेयर खरिद प्रक्रियामा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै कम्पनीले दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरिएको जनाएको छ । कम्पनीका अनुसार कूल १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी असारदेखि सो आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्तै तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि भौतिक प्रगति ५० प्रतिशतमाथि पुगेको छ । सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com