ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष : निषेधालाई जेठ मसान्तसम्म


एबीसी / संवाददाता

काठमाडौँ, १७ जेठ । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन । सो अवधिमा निषेधाज्ञा उलङ्घन गरेको भन्दै करीव ३३ हजार सवारी साधन र एकहजार आठसय जनालाई होल्ड गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार, निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिव पाँचहजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाका सहित पाँचसय स्थानमा नियमित चेक पोष्ट स्थापना गरिएको छ । निषेधाज्ञा उलङ्कन गर्ने विरुद्ध ‘होल्ड’ कारवाही अन्तरगत सवारी साधनको हकमा साँझ ६ वजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाई बुझाई गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारी पछि जरिवाना तथा कैद सजाय तयारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना संक्रमण नघटेपछि चौथो पटक थप कडाई गरिएको स्पष्ट पार्नुभयो । सोही रणनीति अनुसार, खाद्य, थोक तथा किराना पसल र डिपार्टमेण्ट स्टोरहरु पूर्णरुपमा बन्द गरिएको हो ।
कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाई गर्नु परेको भनाइ उहाँको छ । संक्रमितको संख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाई प्रमुख जिल्ला अधिकारी पराजुलीको छ । केही दिनयता निषेधाज्ञा थप कडाई गर्दा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा घटेको तथ्याङक सुनाउँदै उहाँले भन्नुभयो– संक्रमितको सम्पर्क तथा भीडभाडबाट टाढा बस्नु नै कोरोनाबाट जोगिने उपयुक्त विकल्प रहेछ ।
त्यस्तैं, महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाल सरकारको निर्णय अनुसार, निषेधाज्ञा कार्यान्वयनमा कुनै कसुर बाँकी नराखेको बताउनुहुन्छ । मातहतका सम्पूर्ण सुरक्षा निकायलाई सुरक्षित र मर्यादित ढंगले निषेधाज्ञा कार्यान्वयनमा खटाइएको उहाँले स्पष्ट पार्नुभयो ।

कोरोना संक्रमणलाई जितेर नियमित काममा फर्किनु भएका एआइजी पालले भन्नुभयो– कोरोनाको पीडा कस्तो हुन्छ ? संक्रमित भएपछिमात्र थाह हुन्छ । मैले त बारम्वार भन्ने गरेको छु सात दिन भोक सहन सकिन्छ तर, कोरोनाको पीडा सहन सकिन्न । महानगरीय प्रहरीले निषेधाज्ञा उलङ्घन गर्नेलाई कारवाहीका अतिरिक्त अफ्ठयारोमा परेका नागरिक, विरामी तथा विरामीका आफन्तको आवागमनमा सहजीकरण गरिएको बताएको छ । होल्डमा राखी गरिने कारवाहीलाई निरन्तर्ता दिने जनाएको छ । उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमितको संख्या पाँचसयसम्म झरेमा जारी निषेधाज्ञामा पुनःविचार गर्न सकिने जनाएको छ । बैशाख २४ गते अघि उपत्यकामा संक्रमितको संख्या दैनिक चारहजार रहेको थियो ।

तर, जेठको दोस्रो हप्ताबाट यो संख्या घटेर तीनहजारमा छरेको छ । संक्रमण घटाउन जारी निषेधालाई जेठ मसान्तसम्म निरन्तर्ता दिदै आमनागरिकलाई सुरक्षित, अनुशासित र सामाजिक मापदण्ड कार्यान्वयन प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालयहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com