ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाको ठाकुर पक्ष केही दिनभित्रै सरकारमा जाने : यस्तो छ तयारी


एबीसी / संवाददाता

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले जानकारी दिनुभयो ।

सरकारमा जाने कुरा सके एकरदुई दिनभित्रै, नसके यो हप्ताभित्र टुङ्गिने नेता कर्णको भनाइ छ । सरकारमा जाने भएपछि सम्मानजनक स्थानका लागि केही शक्तिशाली मन्त्रालय पाउने गरी कुरा भएको कर्णले जानकारी दिनुभयो । अहिले मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा आफूहरू धेरै केन्द्रित रहेको कर्णले बताउनुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ । यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com