ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महन्थ र राजेन्द्र बालुवाटारमा, आज–सरकारमा जाने तयारी : हात मिलाएर आ-आफ्नो बाटो लागौं– भट्टराई


एबीसी / संवाददाता
जेष्ठ १७, २०७८ सोमबार  ११ : ३९ बजे

काठमाडौं,१७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उहाँहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार जानुभएको हो ।

हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मिलिसकेको छ,’ ती कार्यकारिणी सदस्यले भन्नुभयो,‘आज वा भोलिमा सरकारमा जान्छौं होला।’सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्। रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राख्नुभएको छ । यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको छ । पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ।

अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानु पर्नेमा छ। पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नु पर्नेमा बताउदै आउनुभएको छ । विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाहीको चेतावनी दिएका बेला भट्टराईले आ(आफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको हो ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उहाले ट्वीट गर्दै भन्नुभएको छ , ‘अत मान्छे तानातान र किनबेचको तमासा नगरौं१ भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ१ हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिडिरहे फेरि भेट हुनेछ ’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

सम्बन्धित

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

इजरायल : कोडले नै दुश्मनको आँखा चिम्लिदै ! संसारको ‘साइबर सुपरपावर’ को डरलाग्दो शक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com