काठमाडौं, १६ जेठ । काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । बजस जारी रहेकाले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।सुनुवाई सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो ।
बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो । संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो । प्रतिनिधिसभा विघटन सम्वन्धी ३० वटा रिट निवेदन दायर भएका छन् ।
प्रतिक्रिया दिनुहोस्