काठमाडौँ, १६ जेठ । पाँच विपक्षी गठनबन्धनले ओली सरकारले गरेका सबै ‘असंवैधानिक क्रियाकलाप’को प्रतिवाद गर्ने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसको गठबन्धनको बैठकले ओली सरकारले गरेका सबै ‘असंवैधानिक कदम’बारे विज्ञप्ति निकालेर राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधानको उल्लंघन गरेको निस्कर्ष निकालेको छ । सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदम अघि बढाएका कारण त्यसको विरोध गर्नेबारे छलफल गरिएको बैठकमा सहभार्गी एक नेता बताउनुभयो । बैठकमा कांग्रेसभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमालेका माधवकुमार नेपाल, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव र राजमोका दुर्गा पौडेल लगायतका नेताहरु सहभागी भएका हुनुभएको थियो ।
बैठकपछि सरकार विरुद्ध विज्ञप्तिमार्फत साझा धारणा सार्वजनिक गरेका छन् । विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्