काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेको छ । गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पुनः स्पष्टीकरण सोधिएको हो ।
कार्यालय सचिव प्रकाश अधिकारीले पठाएको स्पष्टीकरणपत्रमा २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । अघिल्लोपटक तीन दिनको समय दिँदा पनि स्पष्टीकरणको जवाफ नआएकाले फेरि पत्र पठाइएको जनाइएको छ । स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्