ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन आयो चिनिया टोली नेपाल ?


sharan sharan
पुस ११, २०७४ मंगलबार   ९ : ५८   बजे

काठमाडौँ ११ पुस । औद्योगिक क्षेत्र निर्माणको अध्ययन गर्न चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका विज्ञ टोली नेपाल आइपुगेका छ ।
झापाको दमकमा ‘चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणका लागि समझदारीपत्र बारे छलफलका लागि ९ सदस्यीय टोली सोमबारनै नेपाल आइपुगेको नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेले जानकारी दिए । उनअनुसार टोलीले स्थलगत अध्ययन गरी एमओयूबारे छलफल गर्नेछ ।

ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङको नेतृत्वमा अध्ययन टोली नेपाल आएको हो । ‘झापाको २२ सय बिघा क्षेत्रमा चीनले औद्योगिक पार्क निर्माण गर्ने प्रारम्भिक समझदारी भइसकेको छ,’ उनले भने, ‘बृहत् समझदारीका लागि पार्क क्षेत्रको अध्ययन र हाम्रो सरकारका अधिकारीहरूसँग छलफल गर्न टोली नेपाल आइपुगेको हो ।’ सरकारी स्वामित्व रहेको ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका आर्थिक, प्राविधिक, योजना र निर्माणसँग सम्बन्धित प्राविधिकहरू टोलीमा सहभागी छन् । उक्त टोलीसँगै नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ११ सदस्यीय अधिकारीहरू सहभागी हुनेछन् ।

 

उक्त टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योगमन्त्री सुनीलबहादुर थापा, सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी, दमक नगरपालिकाका मेयर रोमथान ओली, इन्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापा र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरूबीच भेटघाट गरी छलफल गर्नेछ ।

नेपालमा हाल ११ औद्योगिक क्षेत्र सञ्चालनमा छन् । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र खोल्ने घोषणा गरेको छ । यसमध्ये नेपाल सरकारले झापाको दमक, मकवानपुरको मयुरधाप, रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रहरू स्थापना गरी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा ल्याइसकेको छ । गत वैशाख ३१ गते बेइजिङमा भएको विभिन्न राष्ट्र प्रमुख सम्मिलित बैठकमा नेपालका तर्फबाट तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले इन्डस्ट्रियल पार्क बनाउने विषयमा हस्ताक्षर गरिसकेका छन् । यो पार्कमा करिब तीन सय अर्ब रुपैयाँ लगानीको अनुमान गरिएको छ ।
‘एमओयूका लागि हाम्रोतर्फबाट उद्योग, अर्थ, कानुन र परराष्ट्र मन्त्रालयबाट सहमति प्राप्त भइसकेको अध्यक्ष बस्नेत जानकारी दिएका छन् । चिनिया टोलीसँग छलफल गरेर अन्तिम रूप दिई मन्त्रिपरिषदबाट निर्णय गराई सम्झौता बताए । आगामी बुधबार झापाको प्रस्तावित औद्योगिक क्षेत्रको अवलोकन गरी शुक्रबार चीन फर्कने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group