काठमाडौं, ११ पुस । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई नर्भिक र ट्रमा सेन्टर उपचार भईरहेको छ ।सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै रहेको बिजुलीको जोर खम्बामा ठोक्किएको थियो । बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा जोखिम बढाएको छ ।







प्रतिक्रिया दिनुहोस्