ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत प्रदेश अस्पतालले थप बिरामी भर्ना लिन नसक्ने


एबीसी / संवाददाता
जेष्ठ १, २०७८ शनिबार  ८ : ३८ बजे

सुर्खेत, १ जेठ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले शुक्रबार सुचना जारी गरेर अक्सिजन आपूर्ति हुन नसकेको कारण अब थप बिरामी लिन नसक्ने जानकारी गराउनु भएको हो ।

प्रदेश अस्पतालमा मात्रै अहिले दैनिक तीन सय शिलिण्डर अक्सिजन आवश्यक पर्छ । त्यहाँ अहिले दुई वटा अक्सिजन प्लान्ट छन् । त्यस मध्य अस्पतालको पुरोना भवनमा रहेको विग्रेकाले अक्सिसन प्लान्ट बन्द छ । यहाँको उत्पादनले धानेर दैनिक अहिलेको अवस्थामा एक सय ५० शिलिण्डर आवश्यक पर्ने भए पनि नेपालगञ्जबाट दैनिक ५० वटा शिलिण्डर मात्र आउने गरेको छ । अस्पतालका कोरोना फोर्कल पर्सन डा.सञ्जिव भण्डारीले नेपालगञ्जबाट अक्सिजन ल्याउन नसकिएकाले यहाँ अक्सिजनको चरम अभाव भएको बताउनुभयो ।

प्रदेश अस्पतालमा अहिले दुई वटा भवनमा गरेर ९० जना बिरामीको उपचार भइरहेको छ । नयाँ भवनमा ३८ जनालाई पाइपलाइनबाट अक्सिजन दिइएको छ । उहाँले भन्नुभयो, ‘अक्सिजन कम भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ भनेका हौँ । यहाँ सुर्खेतका मात्रै नभएर अन्य जिल्लाका आउँछन् । बेड र जनशक्ति भए पनि अक्सिजन अभाव हुन थाले पछि समस्या भएको हो । कोरोना सक्रमणको दोस्रो लहर आएसँगै कोरोना सक्रमणको जोखिम बढेको छ । अहिलसम्म पाँच सय १५ जनाकोे उपचार भइरहेको छ । आइसियूमा एक सय एक जना र भेन्टीलेटरमा १० जनाको उपचार भइरहेको छ । अहिलेसम्म प्रदेशमा १३४ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com