ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेन्टिलेटर र आइसीयू अभावमा कोरोना संक्रमितको मृत्यु भईरहदाँ दैलेखमा प्रयोगविहीन


एबीसी / संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार  ४ : ५९ बजे

दैलेख, ३१ वैशाख । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुशीको कुरा भएको तर उहाँको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् ।

कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ । गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मङ्गलबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो ।

दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताउनुभयो । “हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिनुभयो । प्रतिनिधिसभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com