काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । र, अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नूभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
उहाँ बिहीबार तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुनभएको थियो । तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) को सहयोगमा झन्डै दुईतिहाइको प्रधानमन्त्री बनेका ओली यस पटक भने अल्पमतको प्रधानमन्त्री बन्नुभएको हो । अब उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्