काठमाडौं, ३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियता सपथ लिएनुभएको छ । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुनुहुन्छ । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३)बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्