काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने तयारी गनुभएको छ । आज साढे दुई बजे सपथग्रहणपछि प्रधानमन्त्रीले अधिकांश पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारी बालुवाटारमा आफूनिकट नेताहरूलाई गराउनुभएको छ । प्रधानमन्त्रीसँग भेट गरेका एक एमाले नेताका अनुसार अब बजेटको तयारी भइरहेको र जसपाको सरकारमा आउने बारे छलफल चलिरहेकाले तत्काल पहिलेकै टिमलाई निरन्तरता दिने तय भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले तत्काल सरकारमा जानुअघि मधेशका अरु मुद्दा पनि सम्बोधन हुँदा आफूहरुलाई सजिलो हुने बताएकाले कम्तीमा एक महिना मन्त्रिपरिषद् पुनर्गठन नहुने ती नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्