ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा माधव पक्षको नेताहरुको किन निलम्बन फुकुवा गरियो कारण यस्तो (भिडियोसहित)


सपना थामी

काठमाडौं, ३१ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ४ नेतामाथी गरिएको कारबाही फुकुवा गरेको छ । बिहीबार साझ ९ बजेसम्म राष्ट्रपतिबाट दलिय सरकार गठनका लागि आव्हन गरिएको थियो । प्रतिनिधिसभामा रहेका कुनैपनि दलले बहुमत जुटाउन नसके सबैभन्दा ठूलो दलको हैसियतले एमालेकै नेतृत्वमा सरकार बन्ने देखिएसगै पार्टी अध्यक्ष ओलीले असन्तुष्ट पक्षमाथीको कारबाही फिर्ता लिएका हुन् । अन्यथा, नेता नेपाल पक्षका २० जनाभन्दा बढी सांसदहरु सामूहिक राजीनामाको तयारीमा लाग्दै आएका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, डाक्टर भीम रावल र घनश्याम भुषालमाथी ६ महिनासम्मको लागि गरिएको कारबाही फुकुवा गर्ने निर्णय ग¥यो । स्थायी कमिटीले गरेको यो निर्णयले नेकपा एमाले पुनः तरंगित बन्यो । त्यसो त बिहीबारसम्म नया“ सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप पनि उत्तिकै रह्यो । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठस्थितको देउवानिवासमै भेट गरे । एमाले स्थायी कमिटीको बैठक पार्टीका सबै घटनाक्रमहरुको समिक्षा गर्दै पार्टी एकताका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने निर्णय ग¥यो ।

त्यसो त, बालुवाटारको एमाले स्थायी कमिटी बैठकले देशमा पछिल्लो समय विकसित नया परिस्थतीका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई नै प्रत्यायोजन ग¥यो । बिहीबारसम्म संविधानको धारा ७६ (२) बमोजिम कुनैपनि राजनीतिक दलले प्रधधानमन्त्री पद र नया सरकार निर्माणका लागि दाबी पेश गर्नुपर्ने बाध्यकारी अवस्था छ । यदि कुनै पनि दलले राष्ट्रपति समक्ष दाबी पेश नगरेमा सबैभन्दा ठूलो दलको हैसियतले एमालेको नेतृत्वमा सरकार बन्नेछ । सरकार निर्माण पहलकै लागि का“ग्रेस सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डस“ग पनि छलफल गरेका थिए । का“ग्रेस र माओवादी केन्द्रले जसपाका उपेन्द्र यादव पक्ष्ँ र एमाले नेता नेपाल पक्षहरुस“ग सामूहिक प्रया गर्दै आएका थिए । एमालेको निर्णयसगै पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा भेट पनि भयो । राजीनामा दिन तयार अवस्थामा रहेका नेपाल पक्षका सांसदहरुलाई पनि बिहीबारको स्थायी कमिटी बैठकले पुनः सोच्न बाध्य तुल्याएको थियो ।

वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सकेनन्, ओली सरकारको पक्षमा ९३ मत मात्रै खसेको थियो । यसस“गै राष्ट्रपति विद्यँदेवी भण्डारीले बिहीबार सा“झसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थन प्राप्त प्रतिनिधिसभाका कुनै पनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आव्हान गरिएको थियो । यसबीचमा सबैभन्दा बढी सत्तारुढ नेकपा एमालेभित्र पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ । पार्टी अध्यक्ष ओली पक्ष्ँले नेपाल पक्षमाथीको कारबाही फुकुवा गरेस“गै यसले एमाले एकताका लागि पुनः एउटा ढोका भने खुलेको देखिन्छ । तथापि, नेपाल पक्ष्ँले पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्नेमा आफ्नो अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com