ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 प्रधानमन्त्री ओलीलाई ठाकुर र महतोको बधाई, एमालेले बहुमतको सरकारमा दाबी नगर्ने


एबीसी / संवाददाता

काठमाडौं, ३० बैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिनुभएको छ ।  प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुगेका ठाकुर र महतोले आफ्ना मागबारे छलफल गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँहरू आउनुभएको थियो । उहाँहरूका जुन मागहरू छन् त्यसै सन्दर्भमा कुराकानी भयो । उहाँहरूले प्रधानमन्त्रीलाई बधाई दिनभुयो, प्रधानमन्त्रीले धन्यवाद दिनुभयो, नेम्वाङले भन्नुभयो, मागहरूबारेमा थप छफलल गर्दै अगाडि बढ्ने कुरा भयो ।
प्रधानमन्त्रीले बहुमतको सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने इच्छा देखिएको छ । प्रधानमन्त्रीले जारी प्रक्रियालाई पर्खिइराख्नुभएको छ । अब ९ बजेपछि अर्को प्रक्रिया सुरु हुन्छ, नेम्वाङेले भन्नुभयो संविधानको धारा ७६ उपधारा २ तिर जाइँदैन । ९ बजेपछि सायद ९ :५, ९ : ७ तिर अहिलेको अर्को प्रक्रिया घोषणा हुन्छ होला । नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री ओलीले जसपा नेताहरूसँग आग्रह नगरेको बताउनुभयो । सत्ता समीकरणबारे जसपाका नेताहरूसँग कुरा भएको छैन, उहाँले भन्नुभयो । राष्ट्रपतिले दिएको तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिन लाग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com