काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
यसमा नेपाली कांग्रेसले तयारी पनि गरेको थियो । तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले सहयोग नगर्ने बताएका थिए ।संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल समूहसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग सहमति गरेको छ । ‘आजै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सबैलाई सपथ खुवाउने तयारी भइसकेको छ ।’आज प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि केही दिनपछि संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । यसपटक जसपाका महन्थ ठाकुर पक्षले सहयोग गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्